२०८३, कात्तिक १२ गते

images
Logo

Oct 29 2026 | २०८३, कात्तिक १२ गते

images
  • बिहीबार , कात्तिक १२ २०८३

नेपालमा तीन महिनामा टिकटकका २० लाखभन्दा बढी भिडियो हटाइए


सञ्चार डबली
  • बिहीबार , कात्तिक १२ २०८३
  • 99
    SHARES

  • नेपालमा तीन महिनामा टिकटकका २० लाखभन्दा बढी भिडियो हटाइए

    काठमाडौं । टिकटकले सन् २०२६ को अप्रिलदेखि जुनसम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ।

    टिकटकले बिहीबार सार्वजनिक गरेको दोस्रो त्रैमासिकको रिपोर्टअनुसार हटाइएका भिडियो नेपालमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत हुन्। उल्लङ्घनकारी भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएको थियो भने ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए।

    थप समीक्षा गर्दा ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरिएको रिपोर्टमा उल्लेख छ।

    टिकटकले विश्वव्यापी रूपमा पनि नियम उल्लङ्घन गर्ने सामग्री हटाएको छ। विश्वभर हटाइएका १८ करोड ८२ लाखभन्दा बढी भिडियोमध्ये अधिकांश स्वचालित पहिचान प्रणालीमार्फत हटाइएका थिए।

    कम्पनीका अनुसार विश्वभर नक्कली खाता, कम उमेरका प्रयोगकर्ताका हुन सक्ने आशङ्का गरिएका खाता र नियम उल्लङ्घन गर्ने कमेन्टसमेत हटाइएका छन्। लाइभ फिचरमा नियम उल्लङ्घन गर्ने सेसन र क्रिएटरमाथि पनि कारबाही गरिएको रिपोर्टमा उल्लेख छ।

    टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने सामग्री पहिचान तथा हटाउन स्वचालित प्रणालीको प्रयोग गर्दै आएको छ। कम्पनीले सुरक्षित डिजिटल वातावरण र पारदर्शिता कायम राख्न यस्ता रिपोर्ट नियमित रूपमा सार्वजनिक गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend