२०८३, कात्तिक १३ गते

images
Logo

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

images
  • शुक्रबार, कात्तिक १३ २०८३

‘चाडपर्वको बहार, Bajaj WEGO मा ५० हजार’ सम्म छुट


सञ्चार डबली
  • बिहीबार , कात्तिक १२ २०८३
  • 264
    SHARES

  • ‘चाडपर्वको बहार, Bajaj WEGO मा ५० हजार’ सम्म छुट

    काठमाडौँ / बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले Bajaj WEGO इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको छ । ‘चाडपर्वको बहार, WEGO ५० हजार’ नारासहित ल्याइएको योजना अन्तर्गत ग्राहकले नयाँ Bajaj WEGO इलेक्ट्रिक तीनपाङ्ग्रे खरिद गर्दा ५० हजार रुपैयाँ छुट पाउनेछन् ।

    पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकले ३० हजार रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार Bajaj WEGO इलेक्ट्रिकमा ६ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध गराइएको छ ।

    त्यस्तै, खरिद प्रक्रिया सहज बनाउन Hulas Finserv Hire Purchase Ltd (HFL) लाई फाइनान्स पार्टनरका रूपमा प्रस्तुत गरिएको छ । ग्राहकले ३६ महिनाको (EMI) सुविधासहित फाइनान्समार्फत सवारीसाधन खरिद गर्न सक्नेछन् ।

    Bajaj WEGO इलेक्ट्रिक तीनपाङ्ग्रेमा आधुनिक डिजाइन, शक्तिशाली इलेक्ट्रिक मोटर, लिथियम आयन (LFP) ब्याट्री प्रविधि, आरामदायी यात्रा र कम सञ्चालन खर्चलाई प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ ।

    कम्पनीका अनुसार उक्त सवारीसाधनले पूर्ण चार्जमा करिब १३० देखि १४० किलोमिटरसम्मको व्यावहारिक रेन्ज प्रदान गर्छ । यसमा इको तथा पावर राइडिङ मोड, रिजनरेटिभ ब्रेकिङ र हिल होल्ड असिस्टजस्ता सुविधा पनि समावेश छन् ।

    दैनिक व्यावसायिक प्रयोजनलाई लक्षित गरी ल्याइएको यस इलेक्ट्रिक तीनपाङ्ग्रेले कम सञ्चालन खर्च र विद्युतीय प्रविधिमार्फत ग्राहकलाई सहज यात्रा प्रदान गर्ने कम्पनीको अपेक्षा छ ।

    योजनासम्बन्धी थप जानकारी, लागू हुने सर्त तथा उपलब्धताका लागि ग्राहकले नजिकैको आधिकारिक Bajaj तीनपाङ्ग्रे सवारीसाधन शोरुममा सम्पर्क गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend