२०८३, कात्तिक २६ गते

images
Logo

Nov 12 2026 | २०८३, कात्तिक २६ गते

images
  • बिहीबार , कात्तिक २६ २०८३

बिमल घर्तिमगरले लिए फुटबलबाट सन्यास


सञ्चार डबली
  • शनिबार, असोज ३१ २०८३
  • 2.2K
    SHARES

  • बिमल घर्तिमगरले लिए फुटबलबाट सन्यास

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले फुटबल करियर टुंग्याएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो फुटबल यात्रालाई यहीँ टुंग्याएको बताएका हुन् ।

    बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुगेको उल्लेख गर्दै विमलले यो यात्रा लामो र कठिन रहेको बताएका छन् ।

    ‘जति मैले देशका लागि खेलेँ, मनैदेखि खेलेँ । सबै थोक मैले फुटबललाई नै दिएँ,’ उनले लेखेका छन् ।

    फुटबलप्रति माया गर्ने शुभचिन्तकहरूले आफूलाई दिएको माया र समर्थनकै कारण यो सम्भव भएको उल्लेख गर्दै उनले सबैप्रति आभार व्यक्त गरेका छन् ।

    फुटबल करियर टुंग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको बताउँदै विमलले आफ्नो यात्रामा साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।
    उनले लेखेका छन्, ‘कठिन थियो।
    मैले देशका लागि जति खेलेँ, मनैदेखि खेलेँ। आफ्नो सबैथोक मैले फुटबललाई नै दिएँ।
    मलाई र फुटबललाई माया गर्नुहुने सम्पूर्ण शुभचिन्तकले जुन माया र साथ दिनुभयो, त्यो सबै फुटबलकै कारण सम्भव भएको हो।
    आज यो निर्णय लिँदा म निकै भावुक भएको छु।
    सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले आफ्नो फुटबल यात्रा यहीँसम्म टुंग्याएको छु।’

    २८ वर्षिय बिमल केही समयअघि अष्ट्रेलिया पलायन भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend