२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य


सञ्चार डबली
  • मंगलबार, असोज २७ २०८३
  • 2.6K
    SHARES

  • नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । अल अमिरातमा जारी खेलमा नेपालले घरेलु टोलीलाई २६४ रनको लक्ष्य दिएको छ ।

    टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन जोड्यो । रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ६७ बलमा ६१ रन बनाए । करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको योगफल उकासे । केसीले मात्र १६ बलमा ४० रन जोडे । उनको ब्याटबाट ४ छक्का र १ चौका निस्कियो ।

    यस्तै, अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले ३७–३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे । बलिङतर्फ ओमानका शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए । हसनइन शाहले एक सफलता हात पारे ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend