२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र ओमान खेल्दै


सञ्चार डबली
  • मंगलबार, असोज २७ २०८३
  • 2.0K
    SHARES

  • आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र ओमान खेल्दै

    काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे हुनेछ ।

    शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउने चुनौती छ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।

    आइतबारको खेलमा क्यानडालाई हराउँदै शीर्ष ६ मा रहेर ओडीआई मान्यता जोगाउने सम्भावना जीवित राखेको नेपालका लागि बाँकी खेलहरुमा राम्रो प्रदर्शन गर्दै जित निकाल्नु पर्ने दबाब छ ।

    ओमान र क्यानडासँगका दुई–दुई गरी चारमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालको शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्नेछ ।

    लिग–२ मा आठ टोली सहभागी छ । अमेरिका, स्कटल्याण्ड र नेदरल्याण्ड्सले शीर्ष स्थानमा रहँदै सन् २०१७ को विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

    जारी लिगमा नेपाल ३३ खेलबाट २६ अंकका साथ छैटौँ स्थानमा रहेको छ भने २९ खेल खेलेको ओमानको ३३ अंक छ । यसैगरी, क्यानडाको ३४ खेलबाट २५ अंक भएको छ । नामिबियाले ३५ खेलबाट ३१ अंक जोड्दा यूएई ३२ खेलबाट १९ अंकका साथ अन्तिममा छ ।

    नेपालले फेरि आगामी शनिबार क्यानडासँग र कात्तिक २ गते ओमानसँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend