२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

वैदेशिक सहयोग र ऋणको दायरा घट्दै जादा चुनौती बढ्दैछ- अर्थमन्त्री डा. वाग्ले


सञ्चार डबली
  • बिहीबार , भदौ ४ २०८३
  • 1.4K
    SHARES

  • images
    वैदेशिक सहयोग र ऋणको दायरा घट्दै जादा चुनौती बढ्दैछ- अर्थमन्त्री डा. वाग्ले

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक सहयोग र ऋणको दायरा घट्दै गएकोले चुनौती बढिरहेको बताएका छन् ।

    प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले वैदेशिक ऋण सहयोगको ब्याजदर बढ्दै गएको र अनुदानको दायरा सिमित हुदै गएकोले ठुला पूर्बाधारमा लगानी हुदै आएको रकमको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका हुन् ।

    नेपाललाई ठुलो ऋण सहयोग दिने एशियन डेभलपमेन्ट बैंक र विश्ववैंकहरुको ब्याजदर बढ्ने चरणमा रहेकाले आगामी दिनमा चुनौती बढ्ने बताउदै अर्थमन्त्री वाग्लेले अबका दिनमा संस्थागत लगानी भित्र्याउने बाहेक अन्य विकल्प कम हुदै गएको बताएका हुन् ।

    उनले नेपालमा आइएनजिओ र एनजीयोमा आउने रकम समेत कम हुदै गएको र त्यसको समग्र प्रभाव पनि कम रहेको बताए । 

    सरकारले वैकल्पिक रुपमा लगानीका स्रोत जुटाउन विदेशमा रहेका नेपालीहरुले बन्डलगायतका विषय बजेट मार्फतनै ल्याइएको र अन्य कानुनी बाधा पनि फुकाउदै लगिने अर्थमन्त्री डा. वाग्लेले धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend