२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

चालू आवको तीन महिनामै भित्रियो पौने १२ करोडको तास


सञ्चार डबली
  • सोमबार, कात्तिक २३ २०८३
  • 2.2K
    SHARES

  • चालू आवको तीन महिनामै भित्रियो पौने १२ करोडको तास

    काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा (साउनदेखि असोजसम्म) पौने १२ करोड रुपैयाँ बराबरको तास नेपाल भित्रिएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार दसैं–तिहारलाई लक्षित गर्दै यस अवधिमा ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात भएको हो। 

    यस अवधिमा ३४ लाख २२ हजार ६ सय ६१ पिस (बट्टा) तास नेपाल भित्रिएको छ। एकातिर नेपाल प्रहरीले गाउँ–सहरमा तास खेल्नेहरूलाई धरपकड गरिरहेको हुन्छ भने अर्कोतिर भन्सार नाकाबाट भने लाखौँ बट्टा तास निर्बाध रूपमा भित्रिइरहेको हुन्छ। तास आयातबाट सरकारले राम्रै आम्दानी गरिरहेको तथ्याङ्कले देखाएको छ। 

    पहिलो त्रैमासमा आयात भएको पौने १२ करोडको तासबाट सरकारले ७ करोड ७ लाख ७४ हजार रुपैयाँ त भन्सार राजस्व मात्रै सङ्कलन गरेको छ । यो भनेको तासको खरिद मूल्यको करिब ६० प्रतिशत कर असुली रहेको छ।

    नेपालको कानुनले म्याजिक देखाउन वा अन्य खेलका लागि भन्दै तासलाई मनोरञ्जनको साधनका रूपमा आयात गर्न छुट दिएको छ। तर, व्यवहारमा आयात हुने यी लाखौँ बट्टा तासको मुख्य प्रयोग जुवाकै रूपमा हुने गरेको देखिन्छ। अर्थात जुवातास खेल गैरकानुनी हो। 

    तास आयातको यो तथ्याङ्कले कानुन र व्यवहारबिचको खाडल मात्र होइन, राज्यले राजस्वका लागि नागरिकलाई अपराधको बाटोमा जान अप्रत्यक्ष रूपमा साधन कसरी सुम्पिरहेको छ भन्ने पनि छर्लङ्ग देखाएको छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend