२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


सञ्चार डबली
  • बुधबार, साउन १३ २०८३
  • 3.2K
    SHARES

  • images
    आजको मौसम : ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    विभागले दिउँसो हिमाली र पहाडी भूभाग तथा वाग्मती, गण्डकी, लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस र कोसी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

    हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै  स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोसी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 
     
    विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    अहिले देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको विभागले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend