२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नयाँ सांगीतिक समूह ‘समकालीन’ को डेब्यु सिंगल “लाहुर“ सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , असार ११ २०८३
  • 4.1K
    SHARES

  • images
    नयाँ सांगीतिक समूह ‘समकालीन’ को डेब्यु सिंगल “लाहुर“ सार्वजनिक

    काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ ब्यान्ड ‘समकालीन’ ले आफ्नो पहिलो आधिकारिक गीत “लाहुर“ मार्फत बलियो उपस्थिति जनाएको छ।

    “लाहुर“ निराशा, संघर्ष र आशाको एउटा यस्तो मिश्रित भावनाबाट जन्मिएको सिर्जना हो, जसको पृष्ठभूमि निकै मर्माहत र प्रेरणादायी छ। संगीतप्रतिको अगाध प्रेमलाई अन्तिम एकपटक पूर्ण रूपमा अभिव्यक्त गर्ने उद्देश्यका साथ ब्यान्डका सदस्यहरूले यो गीत तयार पारेका थिए। यद्यपि, संयोगवश त्यही अन्तिम प्रयास नै आज यस ब्यान्डका लागि एउटा उत्साहजनक र नयाँ सुरुवात बन्न पुगेको छ।

    मार्स प्रालि (Mars Pvt. Ltd.) को परिकल्पनामा तयार पारिएको म्युजिक भिडियोसहित आफ्नो पहिलो सिर्जना “लाहुर“ श्रोतामाझ ल्याएसँगै, ‘समकालीन’ आगामी दिनहरूमा अझ धेरै उत्कृष्ट र मौलिक सिर्जनाहरू पस्कने तयारीमा जुटिसकेको छ।

    ब्यान्डका सदस्यहरू भन्छन्, "हाम्रो यो यात्रालाई यहाँसम्म ल्याउनुहुने सम्पूर्ण शुभेच्छुक, श्रोता र समर्थकहरूको माया र साथप्रति हामी अत्यन्तै कृतज्ञ छौँ। तपाईंहरूको यही विश्वासले हाम्रो आगामी सांगीतिक यात्रालाई अझ सशक्त रूपमा अगाडि बढाउने कुरामा हामी पूर्ण विश्वस्त छौँ।"

    समकालीनमा आबद्ध कलाकारहरू:

    * भोकल: नवराज थापा क्षेत्री
    * बेस: सरिन के.सी.
    * ड्रम्स: निकेश मान जोशी
    * गिटार: क्षितिज शेरचन
    * गिटार: प्रज्वल श्रेष्ठ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend