२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

बलिवुड फिल्म ‘रामायण’ ले चार दिनमा कमायो पाँच सय करोड


सञ्चार डबली
  • सोमबार, कात्तिक २३ २०८३
  • 1.6K
    SHARES

  • बलिवुड फिल्म ‘रामायण’ ले चार दिनमा कमायो पाँच सय करोड

    काठमाडौँ । रणवीर कपुर अभिनीत बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको शानदार कमाई जारी राखेको छ । नोभेम्बर ५ मा प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा पहिलो चार दिनमा विश्वभरबाट पाँच सय करोड भन्दा बढी कमाई गरेको छ । 

    फिल्मले चार दिनमा घरेलु बक्स अफिसमा २३८.८५ करोड कमाई गरेको छ भने भारत बाहिर २२२ करोड कमाई गरेको साकनिल्कले उल्लेख गरेको छ । 

    फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ६४.८५ करोड भारु कमाएकोमा दोस्रो दिन ४८.५ करोड भारु, तेस्रो दिन ६९.८० करोड र चौथो दिन ५६.१५ करोड कमाएको छ ।

    फिल्मले चार दिनभर विश्वभरबाट ५०७.२ करोड कमाई गरेको छ । 

    मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुँदैछ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । फिल्मले दिपावलीको फाइदा उठाएर कमाई नबढेमा फिल्म बक्स अफिसमा फ्लप हुनसक्ने अड्कलबाजी शुरु भएको छ । पहिलो भागका लागि नै २ हजार करोड भन्दा बढी खर्च भएको भनिएको यो फिल्म फ्लप भएमा दोस्रो भाग बन्ने विषय अनिश्चित हुने समेत बताइएको छ । 

    नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सनी देओल, रवि दुबे, अनुपम खेरलगायत कलाकारको अभिनय रहेको छ ।

    फिल्मले हाल प्रदर्शनरत रजनीकान्तको ‘जेलर २’ र आयुष्मान खुराना तथा सारा अली खान अभिनीत ‘उड्ता तीर’सँग बक्स अफिसमा प्रतिस्पर्धा गरिरहेको छ । ‘जेलर २’ ले विश्वभर ८०० करोड भारुभन्दा बढी कमाइसकेको समाचारमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend