२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजकोे फलफूल तथा तरकारीको बजार मूल्य, घट्यो काउली र बोडीको भाउ 


सञ्चार डबली
  • शुक्रबार, जेठ ३२ २०८१
  • 7.8K
    SHARES

  • images
    आजकोे फलफूल तथा तरकारीको बजार मूल्य, घट्यो काउली र बोडीको भाउ 


    काठमाडौं ।  आज काउली र बोडीसँगै लोकल काक्रोसम्मको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्य सूची अनुसार आज स्थानीय काउलीको भाउ प्रतिकेजी ६५ रुपैयाँ रहेकोमा आज घटेर ५६ रुपैयाँमा झरेको छ । त्यस्तै, तने बोडी प्रतिकेजी ११० रुपैयाँ रहेकोमा आज घटेर ८६ रुपैयाँ कायम भएको छ भने मकै बोडी ९६ रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर ८६ रुपैयाँ कायम भएको छ । 

    यसैगरी आज लोकल काक्रो प्रतिकेजी ३९ रुपैयाँले घटेको देखिन्छ । यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको लोकल काक्रोलाई आज ४६ रुपैयाँ पर्नेछ । त्यस्तै, आल ठुलो नेपाली गोलभेडा प्रतिकेजी ४३ रुपैयाँ ३३ पैसा, ठुलो गोलभेडा (भारतीय), झिगुनी र रातो बन्दा प्रतिकेजी ६५ रुपैयाँ, सानो लोकल गोलभेडा १८ रुपैयाँ ४० पैसा, टनेल गोलभेडा २९ रुपैयाँ, रातो आलु ५१ रुपैयाँ ८० पैसा, रातो आलु (भारतीय) ४७ रुपैयाँ, मुडेको रातो आलु ४९ रुपैयाँ २५ पैसा, सुकेको प्याज ८३ रुपैयाँ, स्थानीय ज्यापु काउली र लोकल गाजर ७६ रुपैयाँ र लाम्चो भन्टा ३५ रुपैयाँ तोकिएको छ  । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend