२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?


सञ्चार डबली
  • बिहीबार , जेठ ३१ २०८१
  • 7.4K
    SHARES

  • images
    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?

     

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर बिक्रीमा राखेको हो। हाललाई यस शेयरमा बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

    इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ। शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।साथै, तोकिएको समयभित्र शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend