२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

शेयर बजारमा उकालो यात्राको निरन्तरता, कारोबार पाँच अर्ब ८९ करोड


सञ्चार डबली
  • बुधबार, जेठ ३० २०८१
  • 6.8K
    SHARES

  • images
    शेयर बजारमा उकालो यात्राको निरन्तरता, कारोबार पाँच अर्ब ८९ करोड

    काठमाडौँ, जेठ ३० । साताको चौथो कारोबारको दिन समेत शेयर बजारमा सकारात्मक यात्राले निरन्तरता दिएको छ । पछिल्लो केहि दिन यता शेयर बजारमा उत्साहको माहोल सिर्जना भइरहेको छ । लगानीकर्ताको मनोबल उच्च हुँदा शेयर बजारले उकालो यात्रा तय गरि रहेको हो ।

    आज लगानीकर्ता बढी बिक्री गर्ने हाबी हुँदा एकंल अकंले मात्र शेयर बजार बढ्न पुगेको हो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अबको मौद्रिक नीति खुकुलो आउने बताएसँगै शेयर बजारमा लगानीकर्ता हौसिएका हुन् ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अकंले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार ९ कम्पनीको शेयरमा हरियाली आएको छ । यसदिन वाणिज्य बैंक समूहको ०.८३ प्रतिशत, विकास बैंक समूहको ०.११ प्रतिशत, फाइनान्स समूहको १.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    share-4.png

    यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज समृद्धि फाइनान्स, मिड शोलु हाइड्रोपावर, साधना लघुवित्त र ग्रिनलाइफको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend