२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी बैंकको संस्थापक  शेयर लिलामीमा, कसले खरिद आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • सोमबार, जेठ २८ २०८१
  • 9.0K
    SHARES

  • images
    कुमारी बैंकको संस्थापक  शेयर लिलामीमा, कसले खरिद आवेदन दिन पाउने ? 

     

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक  शेयर लिलामीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १४ लाख ६१ हजार ६०० कित्ता शेयर लिलामीमा राखेको हो । उक्त लिलामी शेयरमा विद्यमान संस्थापक, सर्वसाधारण वा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । 

    न्यूनतम प्रतिकित्ता १०० रुपियाँ तोकेएको यस शेयर खरिदका लागि कम्तीमा न्यूनतम मूल्य र सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । आवेदन न्यूनतम १० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    इच्छुक लगानीकर्ताले आज (जेठ २८ गते) देखि असार २ गतेसम्म काठमाडौं कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा बोलपत्र फाराम बुझाउनुपर्नेछ । बोलपत्र फारम सोही स्थानमा पाइने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend