२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेप्सेमा सामान्य गिरावट, कति भयो कारोबार ?


सञ्चार डबली
  • आइतबार, जेठ २७ २०८१
  • 9.0K
    SHARES

  • images
    नेप्सेमा सामान्य गिरावट, कति भयो कारोबार ?

     

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा पुगेको हो ।त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.५८ प्रतिशतले घटेर ३६८.१८ विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।आज नेप्से घटेपनि शुक्रबारको तुलनामा कारोबार रकम वृद्धि भएको छ । आज ३१३ कम्पनिको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयरबाट ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कोरोबार भएको छ । 

    आज इस्टर्न हाइड्रो, शुभम्  पावर, सिटी होटल र कुथेली बुखरी स्माल हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै भगवती हाइड्रोको सेयर ९.९९ प्रतिशतले बढेको थियो । त्यस्तै आज बुद्ध भूमि नेपाल हाइड्रोको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।

    आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा बढी ३२ करोड बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै सीईडीबी हाइड्रोको २१ करोड बराबरको कारोबार भएको थियो ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend