२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 


सञ्चार डबली
  • आइतबार, जेठ २७ २०८१
  • 8.6K
    SHARES

  • images
     यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ । यो शनिबारकै मूल्य हो । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो । 

    यस्तै, शनिबारदेखि नै युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रबार युरोको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसामा कारोबार भएको थियो । 

    आज बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३१ पैसा र बिक्री दर १७१ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो पाउण्डको खरिद दर १७० रुपैयाँ २१ पैसा र बिक्री दर १७० रुपैयाँ ९८ पैसा रहेको थियो । यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend