२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जाको हकमा जरिवाना रकममा छूट दिने


सञ्चार डबली
  • बुधबार, जेठ २३ २०८१
  • 6.1K
    SHARES

  • images
    एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जाको हकमा जरिवाना रकममा छूट दिने

    काठमाडौँ, जेठ २३ । एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जाको हकमा जरिवाना तथा हर्जाना रकममा छूट दिने भएको छ ।

    देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुयाउन छूट योजना ल्याएको बैंकले जनाएको छ।

    बैंकका अनुसार २०८० चैत मसान्तसम्म भाखा नाघेको कर्जाहरूको हकमा जेठ महिनाभित्र सम्पूर्ण कर्जा रकम भुक्तान गरे ग्राहकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छूट पाउने छन्।

    साथै, साधारण बक्यौता ब्याज रकममा समेत ग्राहकले १५ देखि ३५ प्रतिशतसम्म छूट पाउने छन्।

    बैंकले ९१ दिनदेखि १८० दिन भाखा नाघेको कर्जाको साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेको कर्जाको व्याज रकममा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेको कर्जाको व्याज रकममा ३५ प्रतिशत छूट समेत दिने भएको छ ।
    यो छुट योजनाले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend