२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रभु बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा २५ प्रतिशत छ्रूट सुविधा


सञ्चार डबली
  • बुधबार, जेठ २३ २०८१
  • 7.2K
    SHARES

  • images
    प्रभु बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा २५ प्रतिशत छ्रूट सुविधा

    काठमाडौँ, जेठ २३ । पोखराको लेकसाइड सेदीबगरमा अवस्थित अन्नपूर्ण केबलकार र प्रभु बैंक बीच केबलकार सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बिशेष छूट प्रदान गर्ने सम्झौता भएको छ । 

    उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिट तथा डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छूट दिइने छ ।

    अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।अन्नपूर्ण केबलकारले पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ ।

    उक्त केबलकार यात्रामा माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमश्रृंखला, फेवाताल, तालबराही, हरियाली प्राकृतिक छटाहरुको दृश्यका साथसाथै सूर्योदय र सुर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

    नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएमका साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बताएको छ ।  

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend