२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो काउली र डल्ले च्याउ


सञ्चार डबली
  • बुधबार, जेठ २३ २०८१
  • 6.9K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो काउली र डल्ले च्याउ


    काठमाडौं । आज डल्ले च्याउ र काउलीको भाउ प्रतिकेजी १० रुपैयाँले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्थानीय काउली प्रतिकेजी ५५ रुपैयाँ रहेकोमा बढेर आज ६५ रुपैयाँ पुगेको छ ।

    यस्तै, प्रतिकेजी ६५ रुपैयाँ रहेको स्थानीय ज्यापु काउली आज ७५ रुपैयाँ पुगेको छ भने डल्ले च्याउ २९० रुपैयाँ ३ सय रुपैयाँ कायम भएको मूल्यसूचीमा उल्लेख छ । यसैगरी, रायोको साग प्रतिकेजी ३४ रुपैयाँ पुगेको छ भने टनेल गोलभेडा ३३ रुपैयाँ ६० पैसा पुगेको छ भने ठुलो गोलभेडा (नेपाली) प्रतिकेजी ५० रुपैयाँ र ठुलो गोलभेडा (भारतीय), लोकल गाजर, झिगुनी, र सखरखण्ड प्रतिकेजी ६५ रुपैयाँ पर्नेछ ।

    लोकल सानो गोलभेडा प्रतिकेजी २३ रुपैयाँ, सानो तराई गोलभेडा २२ रुपैयाँ ५० पैसा, रातो आलु ५२ रुपैयाँ ४० पैसा, भारतीय रातो आलु र मुडेको रातो आलु प्रतिकेजी ४७ रुपैयाँ, सेतो आलु ४३ रुपैयाँ ५० पैसा, सुकेको प्याज ७३ रुपैयाँ, लोकल बन्दा २३ रुपैयाँ, रातो मूला, रुख कटहर, डल्लो भन्टा र हाइब्रीड सिमी प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend