२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रधानमन्त्रीले आज अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्दै 


सञ्चार डबली
  • मंगलबार, जेठ २२ २०८१
  • 8.7K
    SHARES

  • images
    प्रधानमन्त्रीले आज अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्दै 


    काठमाडौं ।संखुवासभामा निर्माणाधीन नौसय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’आज हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य सुरुङको  ‘ब्रेक थ्रु’ गर्ने भएका छन् । अरुण तेस्रो जलविद्युत आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको निर्माणकार्य भारतीय सतलज कम्पनी ९ (एसजेबिएन)ले गरिरहेको छ । 

    यस्तै, प्रधानमन्त्री दाहालले आजै आमराङमा अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी ड्यामसाइट र पावारहाउसको हवाई अनुगमन गर्ने भएका छन् । आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको लम्बाइ ११ दशमलव ८३७ किलोमिटर छ । सरासर आयोजनाको बाँकी कार्य अघि बढेमा करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend