२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 उप निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान


सञ्चार डबली
  • सोमबार, माघ २२ २०८०
  • 7.9K
    SHARES

  • images
     उप निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान


    काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका २३ तहको निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गराउन आब्हान गरेको छ । आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उल्लिखित पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्नेगरी आन्तरिक तयारी गरिरहेको छ ।

    ‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,’ प्रवक्ता पौडेलले भने ।  

    मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेकाले मिति घोषणापूर्व नै मतदाता नामावली दर्ता गर्न आयोगले आग्रह गरेको हो । 

    २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका देहाय बमोजिमका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने आयोगको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend