२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नेप्सेमा सामान्य अंकको वृद्धि, ४ अर्ब ८९ करोडको कारोबार


सञ्चार डबली
  • बिहीबार , असोज १५ २०८३
  • 605
    SHARES

  • images
    नेप्सेमा सामान्य अंकको वृद्धि, ४ अर्ब ८९ करोडको कारोबार

    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ०.२६ अंकले बढेर २ हजार ५ सय ९९.१५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २८ कम्पनीको घटेको छ ।

    बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि सामान्य बढेको छ । यसदिन ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । बुधबार ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । यस बैंकको सेयर मूल्य १०.८१ प्रतिशतले बढेर ४ सय ९३ रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य ९.६६ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend