२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

भिजिट भिसामा विदेश गएर नफर्किने बढेपछि सरकारले गर्यो कडाइ


सञ्चार डबली
  • बुधबार, माघ १० २०८०
  • 9.7K
    SHARES

  • images
    भिजिट भिसामा विदेश गएर नफर्किने बढेपछि सरकारले गर्यो कडाइ


    काठमाडौं । सरकाले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि थप कडाइ गरेको छ । भिजिट भिसामा विदेश जाने र नफर्किनेहरुको संख्या बढेपछि सरकारले कडाइ गरेको हो ।

    अध्यागमन विभागले बुधबारदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसा प्राप्त गर्न आवश्यक पर्ने कागजातहरुमा नयाँ व्यवस्था गरेको हो । विभागले वेभसाइटमा ११ बुँदे यात्रा परामर्शपत्र जारी गर्दै बुधबारदेखि भिजिट भिसामा विदेश जानका लागि आवश्यक पर्ने कागजातबारे जानकारी गराएको हो ।

    भिजिट भिसामा गएकाहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने क्रम बढेपछि अध्यागमनले यसलाई थप कडाइ गरेको छ । भिजिट भिसामा जानेहरुले अब दुई तर्फी हवाई टिकट बुझाउनेपर्नेछ भने सम्बन्धित देशको भिसा वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिनेछ ।

    भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्ने विभागले जनाएको छ । त्यस्तै, कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण चाहिने व्यवस्था गरिएको छ ।

    युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने विभागले जनाएको छ । अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने जनाएको छ ।

    त्यस्तै, विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न विभागले आग्रह गरेको छ । भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्धग्रस्त मुलुकहरूसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन सुचित गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend