२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित


सञ्चार डबली
  • बिहीबार , असोज १५ २०८३
  • 88
    SHARES

  • images
    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित

    काठमाडौँ  / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री Association of Insurers and Reinsurers of Developing Countries (AIRDC) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

    जिम्बाब्वेको हरारेस्थित Rainbow Towers Hotel मा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न AIRDC को General Membership Meeting बाट क्षेत्री उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ AIRDC को Executive Board of Trustees को सदस्यसमेत रहनेछन् ।

    विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीबीच सहकार्य, ज्ञान तथा अनुभव आदान–प्रदान तथा बीमा क्षेत्रको विकास र विस्तारलाई प्रवर्द्धन गर्ने उद्देश्यले AIRDC स्थापना भएको हो । क्षेत्रीको निर्वाचित नेतृत्वले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रतिनिधित्व र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    AIRDC को आगामी Board of Trustees Meeting सन् २०२७ अप्रिल ६ मा मनिला, फिलिपिन्समा आयोजना हुने तय भएको छ । त्यस्तै, सन् २०२८ मा काठमाडौंमा आयोजना हुने २५औँ AIRDC Conference को Local Organizing Committee को Chairman को जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्नेछन् ।

    उक्त सम्मेलन आयोजना गर्न क्षेत्रीको नेतृत्वमा नेपाल तथा AIRDC का सदस्य राष्ट्रबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने जनाइएको छ ।

    AIRDC को उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्य प्रवर्द्धन गर्नुका साथै नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीलाई AIRDC को सदस्य बन्न प्रोत्साहित गर्ने भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

    SALICO ले क्षेत्रीलाई उपाध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend