२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला


सञ्चार डबली
  • बिहीबार , असोज १५ २०८३
  • 77
    SHARES

  • images
    पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला

    काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’ मा सहभागी हुनका लागि दर्ता खुला गरिएको छ। आगामी असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म आयोजना हुने पदयात्रामा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यले ईसेवामार्फत अनलाइन फारम भरी दर्ता गर्न सक्नेछन्।

    पिंकवाकमा सहभागी हुन दुई माध्यमबाट दर्ता गर्न सकिने आयोजकले जनाएको छ।
    दर्ता प्रक्रिया:


    सहभागीले https://pinkwalk.github.io/register मा गई पृष्ठमा उपलब्ध QR कोड स्क्यान गरी आवश्यक विवरण भरेर दर्ता गर्न सक्नेछन्।

    वा सोझै ईसेवा एपबाटै:
    ईसेवा एप खोलेर Voting & Events मा गई Pink Walk छनोट गरी दर्ता गर्न सकिनेछ। स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, समयमै उपचार तथा क्यान्सर प्रभावितव्यक्ति र परिवारप्रति ऐक्यबद्धताको सन्देश फैलाउने उद्देश्यले आयोजना हुने पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।

    पिंकवाक २०२६ इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्दैछ। कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलगायत संस्थाको सहयोग रहेको छ।

    कार्यक्रमलाई नेशनल क्यान्सर अस्पताल, म्याक्स फाउन्डेसन, नोभाला बायोटेक, क्याम्स (Center for American Medical Specialists), ले मोनाल (Le Monal), स्‍नो ड्रप्स (Snow drops H₂O), नेट टिभी, उनो (Uno), ह्याप्पी माइन्डस्, वाउ (WOW – World of Women), जीभी (Jeevee), बर्स्ट निम्बू फिज्ज, हिमालयन जाभा, स्मृतिपत्र, झिगु नेवाः बाजं खलः, पठाओ, क्यू एफ एक्स (QFX), इसेवा, बज्र नासः खलः, ताल नृत्य भूमि, आइ एस एस (ISS), वानपसल (onepasal), क्रेयन्स् कोर्प (Crayons Corp.) तथा काठमाडौँ पोस्ट लगायत विभिन्न संस्था तथा व्यवसायले साझेदारी गरेका छन्।

    आयोजकले स्तन क्यान्सरविरुद्धको सचेतना अभियानमा सामूहिक सहभागिता र ऐक्यबद्धता जनाउन सबैलाई पिंकवाक २०२६ मा सहभागी हुन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend