२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बंगलादेशलाई हराउँदै पाकिस्तान एसियाली खेलकुदमा क्रिकेटको फाइनलमा


सञ्चार डबली
  • बिहीबार , असोज १५ २०८३
  • 693
    SHARES

  • images
    बंगलादेशलाई हराउँदै पाकिस्तान एसियाली खेलकुदमा क्रिकेटको फाइनलमा

    काठमाडौं । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

    वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा बंगलादेशले दिएको ११२ रनको लक्ष्य पाकिस्तानले ११ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो । 

    लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले सुरुवातमा केही विकेट गुमाए पनि हसन नवाज र अब्दुल समदले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए । पाकिस्तानले ९ बल बाँकी छँदै ११२ रन पूरा गरेको हो। यस जितसँगै पाकिस्तानले एसियाली खेलकुदको पुरुष क्रिकेटको स्वर्ण पदकका लागि हुने फाइनलमा स्थान सुरक्षित गरेको छ । हार बेहोरेको

    बंगलादेशले भने कास्य पदकको खेल दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आजै भारत र श्रीलंकाबीच हुदैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend