२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

माओवादी केन्द्रले सार्वजनिक गर्‍यो पार्टीको वेबसाइट, प्रचण्डले गरे उद्घाटन


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 6.5K
    SHARES

  • images
    माओवादी केन्द्रले सार्वजनिक गर्‍यो पार्टीको वेबसाइट, प्रचण्डले गरे उद्घाटन

    काठमाडौं,११ मंसिर । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ । माओवादी केन्द्रको प्रचार विभागले सोमबार वेबसाइट सार्वजनिक गरेको हो ।

    उक्त वेबसाइटलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उद्घाटन गरेपश्चात् सञ्चालनमा आएको हो ।

    लगइन गरी वेबसाइट भिजिट गर्न सकिन्छ । वेबसाइट न्युज पोर्टलको शैलीमा बनाइएको निर्माण टिमका प्राविधिकहरूले बताएका छन् । यसको डिजाइन पाठक कहाँ बसेर हेर्छन् त्यहीँको समाचार आउनेदेखि नेपाली टेक्स पढेर सुनाइ दिने बनाइएको छ ।

    पार्टीको प्रचारको शैलीलाई आधुनिक ढंगबाट अघि बढाउनका लागि वेबसाइट निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ।

    यसअघि माओवादीले गठन गरेको ‘आइसीटी फोरम’को नेतृत्वमा वेबसाइट निर्माणको काम भएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend