गोरखा, ११ मंसिर । गोरखाको बिहीमा दरबन्दी रहेका १ जना नेपाल प्रहरीका जवान लामो समयदेखी सम्पर्क विहीन भएका छन् । सम्पर्क विहीन हुनेमा प्रहरी सहायक हवल्दार खुमबहादुर थापा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरी चौकी बिहीमा दरवन्दी रहेका थापा काठमार्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेको र गएको असोज २८ गतेदेखी सम्र्पक बिहीन भएको उहाँले बताउनुभयो । यसै बिच प्रहरी प्रधान कार्यालय नक्सालले देशको विभिन्न जिल्लामा कार्यरत पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् ।
जानकारीबिनै २–३ महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको जनाएको छ । लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ ।
पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।


