भन्सार छलेर ल्याइएको २४ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं शंखरापुर नपा-१ घर भई हाल ललितपुर मनपा-१२ पाटनस्थित मोबाइल जोन पसल सञ्चालन गर्ने ४० वर्षीय सुरेन्द्र दाहाल रहेका छन् । दाहालले भारतबाट चोरी पैठारी गरि मोबाइल ल्याएर आफ्नो पसलमा बेच्न राखेको प्रहरीले जनाएको छ ।
दाहालको पसलबाट १० थान भिभो, ६ थान रेडमी, ३ थान ओप्पो, दुई थान रियलमी र एक-एक थान वानप्लस, मोटो र पोको कम्पनीका मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । उनलाई कारवाहीका लागि ललितपुरस्थित आन्तरिक राजस्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको पनि प्रहरीले उल्लेख गरेको छ ।


