२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रहरीको क्यान्टिनमा मिनरल वाटरको बोतल भित्र भेटियो किरा


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 6.9K
    SHARES

  • images
    प्रहरीको क्यान्टिनमा मिनरल वाटरको बोतल भित्र भेटियो किरा

    काठमाडौं । काठमाडौंस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा किरा भेटिएको छ ।  किरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

    क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोत्तलमा किरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनीविरूद्ध काठमाडौं महानगरमा उजुरी दिएको थियो ।

    ‘हिजो उहाँहरुको निवेदन हामीलाई परेपछि बोत्तल सहित चेकजाँच गर्दा माकुरा भेटेको थियौं, त्यसपछि महानगरको अनुमगन समितिले कारबाही गरेको हो,’ बजार अनुगमन समितिकी निरीक्षण अधिकृत डा. पुजा खनालले भनिन् ।

    कागेश्वरी मनोहरा नगरपालिका–६ को ठेगाना रहेको एएण्डबी वेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

    पानी बोत्तलमा भर्नु अगाडि बोत्तल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ ।

    प्रालिलाई महानगरले ढुवानी कर्तालाई पनि निर्देशन उपलब्ध गराउन भनेको छ । यस अघि पनि महानगरले पानीको जार कम्पनीलाई पटक पटक कारबाही गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend