२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

काठमाडौंमा ‘पेलिकन क्रसिङ’ जडान, पैदलयात्री आफैंले सवारी रोकेर रोडक्रस गर्न सक्ने


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 6.6K
    SHARES

  • images
    काठमाडौंमा ‘पेलिकन क्रसिङ’ जडान, पैदलयात्री आफैंले सवारी रोकेर रोडक्रस गर्न सक्ने


    काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाली बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’प्रविधि सञ्चालनमा ल्याइएको छ ।आज जिल्ला अदालत अगाडि प्रदलयात्री आफैँले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । जसले प्रदल यात्रुलाई बाटो काट्न सहज हुनुका साथै सडक दुर्घटना हुने जोखिम पनि कम हुने महानगरले विस्वास लिएको छ ।

    काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बबरमहल एरियामा बाटो काट्न यात्रीलाई निकै सकस हुने गरेकोले त्यसलाई सहज गर्न महानगरले नयाँ प्रविधि प्रयोगमा ल्याएको बताए। यात्रीका लागि आफैं सवारी रोकेर बाटो क्रस गर्ने यो नौलो प्रयोग भएको उल्लेख गर्दै उनले यात्रीलाई सुरुमा सुरक्षामा खटिनेहरुले सिकाउने र त्यसपछि भने खुला छोड्ने बताए।

    उनले भने, ‘नगरवासीका लागि यो अलि नौलो प्रयोग हो । अलि समय अभ्यस्त हुनलाई गाह्रो हुन्छ । यसलाई कसरी सहज गर्न सकिन्छ नगरका विज्ञसँग बसेर छलफल गर्छौ र सजिलो बनाउने कोसिस गर्छौ । यो एरियामा गाडी आउँदा यात्रीलाई पनि थाहा नहुने र चालकलाई थाहा नहुने गरेको अवस्था छ । यो ‘पेलिकन क्रसिङ’ जडान गरिसकेपछि एक चोटी बटम थिच्दा तीनै तिरको सवारी रोकिन्छ ।’

    ‘पेलिकन क्रसिङ’ प्रविधि महानगर क्षेत्रका विद्यालय र अलि धेरै भिडभाड हुने अमवश्यक स्थानमा क्रमश थप्दै जाने महानगरले योजना बनाएको तण्डुकारले जानकारी दिए। काठमाडौं महानगरपालिकाका नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले ‘पेलिकन क्रसिङ’ बारे भने, ‘आजदेखी पैदलयात्रीले बाटो क्रस गर्नलाई लाइट बटन थिचेर ३० सेकेन्डसम्ममा सवारी रोक्न सक्छन् । सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।त्यसपछि भने दुई मिनेट कुर्नुपर्ने छ । एक पटक बत्ती बलिसकेपछि २ मिनेटसम्म बत्ती बल्ने छैन ।’

    हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरूमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा आज राखिएको लाइटको १० लाख रुपैयाँ लागत लागेको महानगरले जनाएको छ । महानगरले काठमाडौंका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend