२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 8.6K
    SHARES

  • images
     बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

     

    विराटनगर । प्रहरीले झापाका एक युवकलाई बुवाको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । आज बिहान करिब साढे ६ बजे झापाको कमल गाउँपालिका–४ का ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको प्रहरीले जनाएको छ । उनलाई आफ्नै छोरा २३ वर्षीय आषिश तामाङले हत्या गरेको प्रहरीको भनाइ छ ।उनले कराई र घरेलु हतियारले प्रहार गरी बुवाको हत्या गरेका थिए ।

    भोलाकुमारको टाउको र शरीरका अन्य भागमा गहिरो चोट लागेको पाइएको प्रहरीले जनाएको छ । घटनापछि फरार भएका आशिषलाई प्रहरीले झापाकै कमल गाउँपालिका–४ मा पक्राउ गरेको हो ।उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend