२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कमला नदीमा धामी झाँक्रीसहितको अनौठो भूत मेला


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 7.5K
    SHARES

  • images
    कमला नदीमा धामी झाँक्रीसहितको अनौठो भूत मेला


    काठमाडौं । धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीमा आज भूतमेला लागेको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्धि प्राप्त हुने तथा घरमा कूल र भूतप्रेतले दुःख नदिने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेलामा स्थानीय पुग्ने गर्छन् ।

    आज बिहानै मेला हेर्न धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर लगायतका छिमेकी जिल्ला र भारतका कतिपय स्थानबाट धेरै संख्यामा सर्वसाधारण कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।

    नदीमा स्नान गर्दा पाप क्षय हुने र आजको दिन भुत बैताल, देवि देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने तथा नयाँ झाँक्री बन्न चाहनेका लागि पनि आजको दिन उपयुक्त हुने भगवानपट्टीका धामी राजेन्द्र दासले बताए । धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कातिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने परम्परा निकै पुरानो भएको दासको भनाई छ ।

    यो मेलालाई धामी झाँक्रीको मेला पनि भन्ने गरिन्छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी तथा स्थानीय बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend