२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एकै परिवारका चार जनाको शव फेला


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १० २०८०
  • 10.3K
    SHARES

  • images
    एकै परिवारका चार जनाको शव फेला


    काठमाडौं । मुगुको छाँयानाथ रारा नगरपालिका ४ मन्दु गाउँमा एकै घरका चार जनाको शव फेला परेको छ । उनीहरुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा स्थानीयले आज आफ्नै घरभित्र शव फेला पारेका छन् ।

    हत्या हुनेमा २६ वर्षीया श्री देवी बोहरा उनका दुई छोरा ११ वर्षीय मनोज बोहरा, १ वर्षीय रहर बोहरा र ७ वर्षीया छोरी अप्सरा बोहरा रहेकी छन् । स्थानीयका अनुसार दशैँ मानाउँन माइती गएकी श्रीदेवि बोहरा र उनका तीन सन्तान ८ गते नै घर फर्किएका थिए । तर, उनको घरमा ताल्चा लगाएको थियो । उनीहरु घर फर्किएपनि बाहिरबाट घरमा ताल्चा लगाएको पाइएपछि आज बिहान स्थानीय खोजि गर्दा चार जनाकै शव घरभित्रै पाइएको हो ।उनीहरुको हत्या कार्तिक ८ गते राती नै भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

    उक्त घटना कसरी भयो र कसले ग¥यो भन्ने बिषयमा जिल्ला प्रहरी कार्यलय मुगुले अनुसन्धान गरिहरेको छ । जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी प्रमुख विरेन्द्र थापाले धारीलो हतियार प्रहार गरी उनीहरुको हत्या गरेको अवस्थामा शव पाइएको जानकारी गराए । मृतक श्रीदेवी बोहराका श्रीमान दिपक बोहरा भने हाल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend