काठमाडौँ / नेपालीहरूको महान् पर्व दशैँ तथा तिहारलाई लक्षित गर्दै सिजी इलेक्ट्राेनिक्सअन्तर्गतको सिजी डिजिटलले ‘घरको खुसी, दशैँ तथा तिहारको उमङ्ग’ योजना सार्वजनिक गरेको छ ।
देशभर रहेका २८ वटा सिजी डिजिटल तथा एलजी ब्राण्ड सप शोरुममार्फत सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनमा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । योजनामा सियाेर सट गिफ्ट तथा मल्टिपल लक्की ड्र विनरकाे व्यवस्था गरिएको छ ।
६ जनाले लक्की ड्रमार्फत उपहार पाउने
दशैँ–तिहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६ जना भाग्यशाली विजेता छनोट गरिनेछ । विजेताले विभिन्न आकर्षक स्मार्टफोन तथा अन्य उपहार प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार विभिन्न उत्पादन खरिदमा Sure Shot Gifts समेत उपलब्ध गराइएको छ । ८ तथा ९ केजीका वासिङ मेसिन खरिदमा ६ केजी Surf Excel सहित १० केजीसम्मको वासिङ मेसिन कभर निःशुल्क उपलब्ध गराइनेछ ।
त्यस्तै, डिशवासर खरिदमा दुईवटा वासिङ ट्याब्लेट, ४३ इन्चदेखि ६५ इन्चसम्मका एलईडी टीभी खरिदमा वाल ब्राकेट तथा एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसनको सुविधा दिइने कम्पनीले जनाएको छ ।
EMI र एक्सचेन्ज सुविधा
योजनाअन्तर्गत ग्राहकले ० प्रतिशत ब्याजदरमा EMI, Exchange & EMI, Free Delivery तथा योग्य उत्पादनमा Exchange Bonus प्राप्त गर्नेछन् । साथै, Preventive Maintenance Service (PMS), Loyalty Club Reward Program लगायतका सुविधा पनि उपलब्ध हुनेछन् ।
CG Digital का शोरुममा LG, CG, TCL, Godrej, Midea, Crompton, Beko, Sensei, Kent, Elica, CG Meridia, Black + Decker र Burly लगायतका ब्रान्डका उत्पादन उपलब्ध छन् । त्यस्तै, Nothing, Motorola र Ai+ लगायतका मोबाइल ब्रान्डका उत्पादनसमेत एउटै प्लेटफर्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
‘All Brands in One Roof’ को अवधारणाअनुसार सञ्चालन हुँदै आएको CG Digital ले ग्राहकलाई एउटै स्थानबाट विभिन्न ब्रान्ड तथा उत्पादन तुलना गरी आवश्यकता र बजेटअनुसार छनोट गर्न सहज वातावरण प्रदान गर्दै आएको जनाएको छ ।
देशभरका २८ वटा शोरुममार्फत सेवा दिँदै आएको CG Digital ले TV, Refrigerator, Washing Machine, Air Conditioner, Dishwasher, Microwave, Air Fryer, Vacuum Cleaner तथा Kitchen Appliances लगायतका उत्पादनमा दशैं–तिहार योजना लागू गरेको छ ।
कम्पनीले दशैं तथा तिहारको अवसरमा ग्राहकलाई विश्वसनीय ब्रान्ड, आकर्षक मूल्य, विशेष उपहार, सहज EMI, Exchange सुविधा तथा बिक्रीपछिको सेवासहितको किनमेल अनुभव प्रदान गर्ने जनाएको छ ।


