२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सानिमा बैंकको साधारणसभाः १० प्रतिशत नगद लाभांश पारित


सञ्चार डबली
  • मंगलबार, असोज १३ २०८३
  • 792
    SHARES

  • images
    सानिमा बैंकको साधारणसभाः १० प्रतिशत नगद लाभांश पारित

    काठमाडौँ / सानिमा बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा असाेज १२ गते सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश र अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    सभाले सञ्चालक समितिले प्रस्ताव गरेको करसहितको उक्त लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट तेज बहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।

    बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ। असार मसान्तसम्म बैंकको कुल सम्पत्ति २९१ अर्ब २१ करोड रुपैयाँ, कुल निक्षेप २४९ अर्ब ९३ करोड रुपैयाँ तथा खुद कर्जा सापटी २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

    आर्थिक वर्ष २०८१/८२ को तुलनामा बैंकको निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।

    असार मसान्त २०८३ सम्म बैंकको निष्क्रिय कर्जा २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत र तरलता ३०.६८ प्रतिशत रहेको छ। त्यस्तै, कर्जा–निक्षेप अनुपातको मासिक औसत ८०.७७ प्रतिशत रहेको बैंकले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend