२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिजी डिजिटलमा दशैंतिहार लक्षित योजना, २५ प्रतिशतसम्म छुट


सञ्चार डबली
  • मंगलबार, असोज १३ २०८३
  • 572
    SHARES

  • images
    सिजी डिजिटलमा दशैंतिहार लक्षित योजना, २५ प्रतिशतसम्म छुट

    काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको सिजी डिजिटलले ‘घरको खुसी, दशैं तथा तिहारको उमंग’ नामक चाडपर्व योजना सार्वजनिक गरेको छ।

    योजनाअन्तर्गत ग्राहकले विभिन्न विद्युतीय तथा घरायसी उपकरणको खरिदमा २५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, खरिदकर्तामध्ये ६ जना भाग्यशाली विजेता छनोट गरी आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।

    विभिन्न उत्पादनको खरिदमा थप उपहारको व्यवस्था गरिएको छ। ८ र ९ किलोका लुगा धुने मेसिन खरिदमा ६ किलो सर्फ एक्सेल तथा १० किलोसम्मको मेसिनमा प्रयोग गर्न मिल्ने खोल निःशुल्क दिइनेछ। भाँडा माझ्ने मेसिन खरिदमा दुई वटा धुने चक्की, ४३ देखि ६५ इन्चसम्मका टेलिभिजन खरिदमा भित्ते आधार र वातानुकूलित यन्त्र खरिदमा जडान सेवा निःशुल्क उपलब्ध गराइनेछ।

    त्यसैगरी, शून्य ब्याजदरमा किस्ताबन्दी, पुरानो सामान साट्ने सुविधा, निःशुल्क सामान ढुवानी, योग्य उत्पादनमा थप सट्टा सुविधा तथा ग्राहक पुरस्कारलगायतका सुविधा पनि योजनामा समेटिएका छन्।

    देशभरका २८ वटा सिजी डिजिटलका बिक्री केन्द्रबाट योजना लागू हुने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत टेलिभिजन, फ्रिज, लुगा धुने मेसिन, वातानुकूलित यन्त्र, भाँडा माझ्ने मेसिन, माइक्रोवेभ, विद्युतीय भान्साका उपकरण तथा सरसफाइका उपकरणलगायत सामग्री खरिद गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend