२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कंकालिनीमा ६ सय ६९ वटा रांगा र ४१ हजार खसीबोकाको बलि चढाईयो


सञ्चार डबली
  • बिहीबार , कात्तिक ९ २०८०
  • 9.6K
    SHARES

  • images
    कंकालिनीमा ६ सय ६९ वटा रांगा र ४१ हजार खसीबोकाको बलि चढाईयो


    काठमाडौं। सप्तरीको हनुमाननगरस्थित कंकालिनी मन्दिरमा ६ सय ६९ वटा रांगाको बलि चढाईएको छ। त्यसैगरी करिब ४१ हजार खसीबोकाको समेत बलि चढाईएको भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए।

    प्रसिद्ध यो मन्दिरमा घटस्थापनादेखि विशेष पूजाआजा हुने परम्परा रहीआएको छ। दशैंको महानवमीको दिन भने पशुपंक्षीको बलि चढाएर भक्तजनहरुले भाकल पूरा गर्ने चलन छ। राँगा बलिकालागि मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट एक नम्बरमा स्थानीय मनिष ९छोटु० झाको राँगा बलि दिईएपछि बलि प्रक्रिया अघि बढाईएको थियो।

    मन्दिर सफाईमा ओम ट्रेडर्स
    पर्वको पूजाआजा सकिएपछि कंकालिनी भगवती मन्दिरको सरसफाई पनि गरिएको छ । जम्मा भएको फोहोर स्थानीय ओम ट्रेडर्सको अगुवाइमा सरसफाइ गरिएको हो।

    ट्रेडर्सका सञ्चालक चन्दनकुमार कापैरको नेतृत्वमा परिवारका सम्पूर्ण सदस्यसहित सहयोगीहरुको सहभागितामा मन्दिर परिसरलाई सरसफाइ गरिएको छ। रांगा बलिअघि हुने संकलप पुजाको अवसरमा स्थानीयबासिन्दा एवं नागरिक समाज काठमाण्डुका अगुवा गणेशकुमार मण्डलको सक्रियतामा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पबृष्टि अर्थात् फुल बर्साईएको थियो।

    भक्तजनले गरेको भाकल पूरा भएपछि कंकालिनीमा रांगाको बलि दिने चलन रहिआएको छ। सोहीक्रममा दशैं भरि यहाँ करिब ४१ हजार खसीबोकाको बलि समेत भएको भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए। गतवर्ष कंकालिनी मन्दिरमा ६ सय ६९ वटा रांगाको बलि प्रदान गरिएको थियो भन्ने त्यसको अघिल्लो वर्ष ७ सय ४४ वटा रांगाको बलि दिईएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend