२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल ल्याइयो हमासको आक्रमणमा मारिएका गणेशकुमार नेपालीको शव


सञ्चार डबली
  • बिहीबार , कात्तिक ९ २०८०
  • 8.9K
    SHARES

  • images
    नेपाल ल्याइयो हमासको आक्रमणमा मारिएका गणेशकुमार नेपालीको शव


    काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका थप एक विद्यार्थीको शव नेपाल ल्याइएको छ। नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयले जानकारीदिएको छ । फ्लाई दुबईको विमानमार्फत् बझाङ जयपृथ्वी–६ का नेपालीको शव आज बिहान ७ बजे नेपाल ल्याइएको हो।इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको छ।

    बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने मन्त्रालयले जनाएको छ ।हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरू इजरायल गएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend