२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मनाङ एयर हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा निधन 


सञ्चार डबली
  • बुधबार, कात्तिक ८ २०८०
  • 10.3K
    SHARES

  • images
    मनाङ एयर हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा निधन 

    २०८० कार्तिक ८ गते 
    काठमाडौं । मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा निधन भएको छ। हेलिकप्टर दुर्घटनामा घाइते भएका उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो।

    उनले चलाएको हेलिकोप्टर गत असोज २७ गते  बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं गम्भीर घाइते भएका थिए। सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो। नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले बताएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend