२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

छ सय वर्ष अघिः फूलपातीका दिन भएको थियो भूकम्प, अष्टमीमा राजा अरि मल्लको मृत्यु


सञ्चार डबली
  • आइतबार, कात्तिक ५ २०८०
  • 8.0K
    SHARES

  • images
    छ सय वर्ष अघिः फूलपातीका दिन भएको थियो भूकम्प, अष्टमीमा राजा अरि मल्लको मृत्यु


    काठमाडौ‌, ५ कार्तिक । आइतबार बिहान धादिङको खरीमा केन्द्रविन्दु भइको भूकम्प हुँदा दशैं मनाईरहेका मानिसहरुवीच हल्लीखल्ली मच्चिएको छ। धादिङ वरीपरीका क्षेत्रका मानिसहरुले विगतका भूकम्प सम्झँदै अनुभव सुनाएका थिए। आज बिहानको भूकम्प भने ६.१ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकोे छ।

    बिहान ७ः३९ बजेको भूकम्पको कम्पन काठमाडौं आसपासका जिल्ला र चितवनमा समेत महसुस गरिएको थियो। २०७२ वैशाख १२ गते शनिबार उत्तरी गोरखाको बाकपाक केन्द्रविन्दु भै भूकम्प भएको थियो। त्यस्तै त्यही महिनाको २९ गते दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्र गरी भूकम्प हुँदा ठूलो जनधनको क्षति भएको थियो। त्यसपछि परकम्प गइरहे पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का कम हुँदै गएको थियो।

    यो वर्ष बझाङबाट
    यो वर्ष बझाङबाट भूकम्प हुन सुरु भएको थियो। बझाङ केन्द्रविन्दु भै पटकपटक भूकम्प भईरहेको छ। भूकम्पविद् मुकुन्द भट्टराईले आज बिहानको भूकम्पबारे भने, ‘धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। यो नयाँ भूकम्प होइन गोरखा भूकम्पको परकम्प हो।’

    अर्को मापन प्रणाली
    भूकम्प सम्बन्धी विभिन्न स्रोतहरुका अनुसार, भूकम्पहरूलाई ‘मोमेन्ट म्याग्निट्यूड स्केल’ मा मापन गरिन्छ।यसअघि सुनिँदै आएको ‘रेक्टर स्केल’ लाई यो मापनले प्रतिस्थापित गरेको छ। पुरानो मापन प्रणालीभन्दा नयाँ थप तथ्यपरक रहेको विज्ञहरुले बताएका छन्।भूकम्पको धक्का फल्ट लाइनको दूरी र त्यसलाई हलचल गराउने शक्तिका आधारमा मापन गरिन्छ।

    विज्ञहरुले बताए अनुसार, कम्तीमा २.५ वा त्यसभन्दा तलका भूकम्पहरू मानिसलाई थाहा पनि हुँदैन र सरल उपकरणहरूले पनि पहिचान गर्न सक्दैनन्। म्याग्निट्यूड पाँचसम्मका भूकम्पहरू मानिसलाई राम्ररी थाहा हुन्छ र यसले सामान्य भौतिक क्षति पनि पु¥याउन सक्छ।हालै मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पलाई मध्यम देखि ठूलो धक्काको रूपमा वर्गीकरण गरिएको छ।

    गत फेब्रुअरीमा टर्कीमा गएको ७.८ म्याग्निट्यूडको भूकम्प भने ठूला भूकम्पहरूमध्येमा पर्छ। आठ भन्दा ठूलो भूकम्पलाई विनाशकारी भनिन्छ र यसले आफ्नो केन्द्रमा रहेका बस्तीहरू पूरै ध्वस्त बनाउन सक्छ। केही समय अघि नेपालको डोटी जिल्ला केन्द्रबिन्दु भएको भूकम्प त्यस क्षेत्रमा शताब्दियौँ देखि सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ।

    केन्द्रका अनुसार, पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि भएको छैन । सन् १५०५ मा त्यस भेगमा ठूलो भूकम्प गएपछिको पाँच शताब्दीभन्दा लामो समय अर्को मुख्य भूकम्प नभएको बताईएको छ। यस्ता थिए महाभूकम्प पाँच सय वर्षअघिको महाभूकम्प ८.१, ८.४ र ७.८ म्याग्निट्यूडका रहेको र त्यसको असर भारत र तिब्बतसम्म परेका विवरणहरू भूकम्प सम्बन्धी स्रोतहरुमा उल्लेख छन्।

    राजाको मृत्यु
    वि.सं. १४०१ मा गएको भूकम्पलाई चाहिँ ठूलो भूकम्प भनेर गोपालराजवंशावलीमा लेखिएको छ। त्यो भूकम्प दशैँको फूलपातीका दिन भएको रहेछ। त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरणमा उल्लेख छ। वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भूकम्प भएको विवरणहरू तथ्यसहित भेटिएका छन्। त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भूकम्प भएका थिए। झन्डै आठ सय वर्ष (७९५ वर्ष) को नेपालको इतिहासमा २०४५ सालको भूकम्पलाई पनि गणना गर्दा गर्दा कुल ५० वटा ठूला भूकम्प भएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend