२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गोरखा दरबारबाट हनुमानढोका लगियो फूलपाती


सञ्चार डबली
  • शनिबार, कात्तिक ४ २०८०
  • 6.7K
    SHARES

  • images
    गोरखा दरबारबाट हनुमानढोका लगियो फूलपाती

    पोखरा । गोरखा दरबारबाट यसपालिको फूलपाती काठमाडौँस्थित दरबार हेरचाह अड्डामा पठाइएको छ । पहिले नुवाकोट हुँदै हिँडाएर लगिने डोली आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ । बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर चालक सहित ३ जनालाई जिम्मा लगाएर डोली पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए ।

     

    उनका अनुसार गोरखाबाट गएको टोलीले हनुमान ढोकाबाट जीवनपुर हुँदै आएको टोलीलाई भेटेर हस्तान्तरण गर्नेछ र उक्त टोली गोरखा फर्किने छ । ‘यो परम्परा निकै पुरानो छ । पृथ्वी नारायण शाहले काठमाडौँ एकीकरण गरेपछि गोरखाको संस्कार संस्कृति जोगाउनका लागि र त्यसबाट शक्ति आर्जन हुने विश्वासका साथ फूलपातीको डोली नियमित काठमाडौँ पठाउन थालिएको हो,’ उनले भने, ‘पहिले हिँडाएर लगिन्थ्यो । आजभोलि सुविधा आयो, गाडीबाट पठाइन्छ ।’ 

    ८ बजेको साइटमा डोली पठाइएको उनले बताए । गाडीमा चण्डीस्थानको पुजारी कुलबहादुर थापा, गुर्जु पल्टनका गणेश खड्का र सवारी चालक राम कार्कीलाई समेत पठाइएको छ । फूलपाती लिनका लागि अघिल्लो रात नै सुसारेहरू जङ्गलतिर जान्छन् । गोरखा ८ को छिपछिपे फाँटमा गएर पूजा गर्छन् । त्यहाँ प्रसाद खाएपछि सुसारेहरू जङ्गल पस्छन् । उनीहरू राती जङ्गलमै बस्छन् । 

    380068385_873196804540316_8702055748253198806_n

    दरौंदीको ठुलो वनबाट सङ्कलन गरेर बिहानै गोरखा दरबार पुर्‍याइन्छ । ‘काठमाडौँ पठाउने फूलपाती बिहानै ल्याउँछन् । गोरखा दरबारको दसैँघरमा भित्र्याउने फूलपाती चाहिँ दिउँसो ३ बजेतिर ल्याउनुहुन्छ,’ उनले भने, ‘त्यसलाई विशेष पूजाआजाका साथ दसैँघरमा भित्र्याउँछौँ ।’ हनुमान ढोका पुगेपछि हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend