२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस वर्षको दशैँ चौंरीगोठमा गोठालाहरुसँग मनाउँदै पर्यटनमन्त्री किराती


सञ्चार डबली
  • शनिबार, कात्तिक ४ २०८०
  • 10.2K
    SHARES

  • images
    यस वर्षको दशैँ चौंरीगोठमा गोठालाहरुसँग मनाउँदै पर्यटनमन्त्री किराती

     

    काठमाडौ‌, ४ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यस वर्षको दशैँ गोठालाहरुसँग गोठमा मनाउने भएका छन्। हरेक वर्षको दशैँ फरक तरिकाले मनाउँदै आएका किरातीले यो वर्ष गोठालाहरुसँग मनाउने भएका हुन्।

    आफ्नो दशैँ योजना सुनाउँदै मन्त्री किरातीले भने,– ‘मैले विगत लामो समयदेखि आफ्नो घरमा दशैँ मनाएको छैन। सिर्जनात्मक रुपले दशैँ मनाउँ भन्ने सोचका साथ मलाई भोट दिने गाउँहरु दलित बस्तीहरुमा गएर कहिले सार्वजनिक स्थलहरुमा श्रमदान गरेर दशैँ मनाईरहेको छु।’

    किरातीले भने, ‘यसपालीको दशैँ चाहिँ आफ्नै जिल्लाको माथिल्लो भागमा अग्लो लेक छ। त्यो खोटाङ र भोजपुर जिल्लाको सिमानामा पर्छ। त्यहाँ धेरै चौंरी र भेडीगोठ पाइन्छ। त्यहाँका गोठालाहरुसँग दशैँ मनाउने र गोठालाहरुलाई सम्मान गर्ने मेरो कार्यक्रम छ। किनभने गोठ र गोठाला मौलिक परम्परा हो। जसलाई पर्यटनसँग पनि गाँस्न सकिन्छ। पर्यटनको क्षेत्रमा यो एउटा आधार बन्छ।’

    गोठहरुलाई अझ सुधार गर्ने, गोठालाहरुको संरक्षण गर्ने र आफ्नो मौलिक परम्परा जोगाउने उदेश्यले यसपालीको दशैँ गोठालाहरुसँग मनाउन लागेको मन्त्री किरातीको भनाई छ। उनले ३ वर्ष अघि सांसद छँदा आफ्नै घरमा बालीघरे प्रथा अन्तर्गत कमाउने लुगा सिलाउने दलितहरुसँग दशैं मनाएका थिए। पोहोरको दशैं निर्वाचन क्षेत्रको एउटा गाउँमा गएर विद्यालयमा श्रम गरेर मनाएका थिए। दशैँ मान्ने खर्चले विद्यालयमा रंगरोगन गराएका थिए। यसपाली भने उनले नयाँ योजना बनाएका छन् गोठालाको सम्मान गर्दै उनीहरुसँग दशैं मनाउने।

    गोठालाको जीवन र योगदान पर्यटनसँग सम्बन्धित भएकाले भूपरिवेष्ठित देश नेपालको आर्थिक विकासको महत्वपूर्ण पक्ष हो भन्दै मन्त्री किरातीले गोठ र गोठालाको परम्परागत चलनलाई नयाँ पुस्तासँग जोडेर प्रचार प्रसार गर्नुपर्ने धारणा राख्छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend