२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गोरखाको फूलपाती ३ बजे हनुमानढोका आईपुग्ने


सञ्चार डबली
  • शनिबार, कात्तिक ४ २०८०
  • 8.8K
    SHARES

  • images
    गोरखाको फूलपाती ३ बजे हनुमानढोका आईपुग्ने


    काठमाडौ‌, ४ कार्तिक । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । हनुमानढोकामा भित्र्याउनका लागि आज बिहान ८ बजेको साईतमा गोरखा दरबारबाट फूलपाती पठाईएको हो। अपरान्ह ३ बजे फूलपाती काठमाडौं आईपुग्ने जनाईएको छ।

    नेपाल एकीकरणपछि राजधानी काठमाडौं सारिएपछि बर्षेनी यसरी फूलपाती काठमाडौं ल्याएर हनुमानढोकामा प्रवेश गराउने चलन सुरु भएको हो। पहिले नुवाकोट हुँदै पैदलै डोलीमा राखेर फूलपाती पठाउने परम्परा थियो तर यातायातको सुविधा भएपछि आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ । गाडीमा चण्डीस्थानको पूजारी कुलबहादुर थापा, गुर्जु पल्टनका गणेश खड्का र सवारी चालक राम कार्कीले फूलपाती ल्याईरहेका छन्।

    परम्परा अनुसार, फूलपाती लिनका लागि अघिल्लो रात नै सुसारेहरू जङ्गलतिर जान्छन् । गोरखा ८ को छिपछिपे फाँटमा गएर पूजा गर्छन् । त्यहाँ प्रसाद खाएपछि सुसारेहरू जङ्गल पस्छन् । उनीहरू राती जङ्गलमै बस्छन् । सप्तमीका दिन बिहानको साईतमा फूलपाती काठमाडौं हिँडाउने चलन चलिआएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend