२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भोलि बिहान नेपाल आइपुग्दै इजरायलमा मारिएका ४ विद्यार्थीको शव


सञ्चार डबली
  • शनिबार, कात्तिक ४ २०८०
  • 7.9K
    SHARES

  • images
    भोलि बिहान नेपाल आइपुग्दै इजरायलमा मारिएका ४ विद्यार्थीको शव

     

    काठमाडौ‌, ४ कार्तिक । इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका चार जना नेपाली विद्यार्थीको शव आइतबार विहान काठमाडौं आइपुग्ने भएको छ। ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत गत महिना मात्रै इजरायल पुगेका मध्ये दक्षिणी इजरायलको सेडोट नेगेव एग्रीकल्चर सेन्टर अन्तर्गत किवुज अलुमिम फर्ममा कार्यरत रहेको अवस्थामा प्यालेस्टाइनी आतङ्कवादी समूहको आक्रमणमा परी मृत्यु भएका १० मध्ये ४ जनाको शव भोलि बिहान नेपाल आइपुग्न लागेको हो ।

    इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू आज राति पठाउन लागेको तेलअभिभस्थित नेपाली दूतावासले जनाएको छ ।

    इजरायलमा मारिएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको दूतावासले जनाएको छ। उनीहरूमध्ये न्यौपाने, धामी, विष्ट र चौधरीको शव नेपाल पठाउन लागिएको दूतावासले जनाएको छ ।

    कानुनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको र शव भोलि बिहान काठमाडौँ पुग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बाँकी शव पहिचानको क्रममा रहेको दूतावासले जनाएको छ।

    गत ७ अक्टोबरमा गाजास्थित हमास समुहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणमा परी घाइते भएका ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएकोमा एकजना नेपाल पुगिसकेको र अर्को एक जना दूतावासको हेरचाहमा रहेको जनाएको छ ।

    बाँकी २ जनाको अस्पताल उपचार भैरहेको जनाएको छ । साथै, उपलब्ध संयन्त्रहरू गरी सम्पर्क बिहिन भएका बिपिन जोशीको खोजीकार्य भैरहेको दूतावासले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend