२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार, जनरल वार्डमा सारियो


सञ्चार डबली
  • शुक्रबार, कात्तिक ३ २०८०
  • 6.0K
    SHARES

  • images
    नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार, जनरल वार्डमा सारियो

    चीन  । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । चीन भ्रमणको क्रममा हृदयाघात भएका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको हो । 

    चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले  भने, ‘मन्त्रीज्यूको स्वास्थ्यमा सुधार भएको छ । तर कति दिन अस्पतालमा बस्नुपर्ने हो, डाक्टरले केही भनेका छैनन् ।’ 

    राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन आएका श्रेष्ठको बुधबार राति ह्दयघात भएपछि उनलाई इन्टरनेशल मेडिकल साइन्सेस अस्पतालमा भर्ना गरिएको थियो ।

    अस्पतालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको शल्यक्रिया सफल भएको जनाएको थियो । अचानक बिरामी परेपछि बिहीबारको भेटघाट सबै स्थगित गरिएको थियो । राजदूत श्रेष्ठले भने, नियमित कार्यक्रम अनुसार मन्त्री श्रेष्ठको शुक्रबार नेपाल फर्कने तालिका थियो । 

    अब चिकित्सकको सल्लाहअनुसार नै उनको नेपाल फर्कने तालिका तय हुने दूतावासले जनाएको छ । मन्त्री श्रेष्ठसँगै आएका सरकारी टोली भने शुक्रबार नै नेपाल फर्किने भएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend