२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राजश्व छली गरेर ल्याएको सामानसहित ट्रक चालक पक्राउ


सञ्चार डबली
  • शुक्रबार, कात्तिक ३ २०८०
  • 6.4K
    SHARES

  • images
    राजश्व छली गरेर ल्याएको सामानसहित ट्रक चालक पक्राउ

    काभ्रे । काभ्रेको बनेपाबाट भन्सार छलेर ल्याउँदै गरेको चिनीसहित एक ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    बनेपा नगरपालिका–७ अरनिको राजमार्ग अन्तर्गतको सडक खण्डमा सवारी चेकजाँचका क्रममा भन्सार छलेर ल्याउँदै गरेको ५९ किलोको ९२ बोरा चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार भदौ २ गते दिउँसो १ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा सो परिमाणको चिनी बरामद गरेको हो । 

    उनका अनुसार काभ्रेको पनौतीबाट बनेपातर्फ आउँदै गरेको ना।६ ख।६२१९ नम्बरको ट्रकमा राजश्‍व छली गरी धानको बोराले लुकाई छिपाई ल्याएको चिनी बरामद गरिएको थियो । ट्रकमा लुकाएर ल्याएको अवस्थामा ५० किलोको ९२ बोरा चिनी, २८ बोरा धान बरामद गरिएको उनले बताए । 

    प्रहरीले उक्त चिनी धान र ट्रकसहित चालक काभ्रे धुलिखेल नगरपालिका–२ का ३७ वर्षीय राजु तिमल्सिनालाई नियन्त्रणमा लिएको उनले बताए । बरामद भएको उक्त चिनीको हाल बजार मूल्य ५ लाख ८९ हजार र धानको बजार मूल्य ४२ हजार रुपैयाँ रहेको छ । चिनी, धान र ट्रकसहित चालकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend