२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

‘पत्रकार हुँ’ भन्दै दसैँ खर्च माग्ने पक्राउ


सञ्चार डबली
  • शुक्रबार, कात्तिक ३ २०८०
  • 7.4K
    SHARES

  • images
    ‘पत्रकार हुँ’ भन्दै दसैँ खर्च माग्ने पक्राउ

    बारा । आफू ‘पत्रकार हुँ’ भन्दै पत्रकार र प्रहरी लगायतको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल रहेका छन् ।

     

    उनले पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुट्टा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको आरोप छ ।

    साथै यसबापत दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले वर्णवाललाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend