२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको मेडिकल सर्टिफिकेट


सञ्चार डबली
  • बिहीबार , कात्तिक २ २०८०
  • 8.9K
    SHARES

  • images
    यस्तो छ उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको मेडिकल सर्टिफिकेट

     

    काठमाडौं, २ कात्तिक । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ'ले बिहीबार  दिउँसो 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ।

    श्रेष्ठलाई 'एक्युट मायोकार्डियल इन्फेक्शन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा 'ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनकाे मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण 'स्टेनोसिस' देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै  'स्टेन्ट' राखिएको समेत अस्पतालले जनाएको छ। 

    श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेका र उनी स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्ण रूपमा सचेत रहेका पनि अस्पतालले जनाएको छ।

    'तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)'मा सहभागी हुन चीनको बेइजिङ पुगेका  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो। 

    चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend