२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

रास्वपा कसैको जुठोपिरो खाएर विदेशीको इसारामा चल्दैन : सभापति लामिछाने 


सञ्चार डबली
  • बिहीबार , कात्तिक २ २०८०
  • 7.4K
    SHARES

  • images
    रास्वपा कसैको जुठोपिरो खाएर विदेशीको इसारामा चल्दैन : सभापति लामिछाने 

     

    काठमाडौं, २ कात्तिक । विदेशीको इसारामा चलेको पार्टी भन्नेहरूलाई बहस गरेर आरोप प्रमाणित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनौती दिएका छन् ।

    आज काठमाडौं २ को क्षेत्रीय भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा नेपाली जनताबाहेक कसैको चन्दा, कसैको जुठोपिरो नखाने बाचा गरेर हिँडेको पार्टी भएको भन्दै विदेशीको इसारामा नचल्ने बताए ।

    उनले भने, ‘मैले बारम्बार भनेको छु, प्रमाणित गर्नुस् । आउनुस्, कहाँ बहस गर्ने ? जहाँ बहस गर्न पनि हामी तयार छौं । तर, भन्दिएको भरमा फलाना युरोपियनले चलाएको, इन्डियनले चलाको रे, अमेरिकनले चलाएको रे भन्दिएको भरमा हुन्छ ?’

    लामिछानेले थपे, ‘आफ्नो पार्टी कार्यालयमा विदेशी नेताको फोटो र तस्वीर टाँसेर, दलको नाम विदेशी नाममा राखेर, नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएका, एकसेएक नेपाली आमाका सुपुत्र सुपुत्री बोक्न नेपाली जनताबाहेक कसैको चन्दा, कसैको जुठोपिरो नखाने बाचा गरेर हिँडेको पार्टी विदेशीको इसारामा चल्दैन, कसैको जुठो खाँदैन ।’

    उनले मौकामा सडकमा गएर सरकारको विरोध गर्नुपर्थ्यो भनेर आफ्नो पार्टीलाई पम्प दिने काम भएको जानकारी दिए । विशेष अवस्थामा बाहेक पाँच वर्षमा एकपटक मत हाल्न लगाएर मतपत्रबाट जनताको सबै काम गर्ने उनको जिकिर छ । ं

    उनले भने, ‘मलाई र हाम्रा दलका नेताहरुलाई, यस्तो मौका गुमाउनुभयो । मौकामा सडकमा आएर सरकारको विरोध गर्नुपर्थ्यो र तपाईंले भन्यो भने माइतीघरमा सबै आउँछन् भनेर भनेर धेरैले आएर पम्प हाल्ने काम गरे । विशेष अवस्थाभन्दा बाहेक हामी तपाईंहरुलाई बाहिर ल्याउन चाहँदैनौं, आफ्नो काम गर्नुस् ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend